अधिकार र न्यायका लागि जनताले सधैव विद्रोह
गर्ने छन् I
वीर शहीदहरुका अभिलेखीकरण गर्न सहयोग गर्नु होस् I
Message Us
नेपालका वीर शहीदहरु प्रति श्रदा सुमन र सम्मान स्वरूप संचालित यस वेब साइटमा शहीदहरु र वहाँका बारेमा जानकारी उपलब्ध गराई डिजिटल अभिलेखीकरण राख्न सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछौ I
अमर शहीदहरु
कोशी प्रदेश नामकरणविरुद्धमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको चैत १० मा उपचारका क्रममा मृत्यु भएको थियो ।
राणाशासन विरुद्ध जनताहरुलाई राजनीतिक चेतना प्रदान गरेर जनसंगठन गरी राणातन्त्र विरोधी गतिविधि गरेको आरोपमा वि.सं. १९३३ फागुन २ गते पहिले लखन थापालाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।
आजभन्दा १४५ वर्षअघि आफ्नो धर्म, संस्कृति र अस्तित्व रक्षाका लागि ज्यानको बाजी थाप्दा राज्यबाट प्रताडित भई मृत्युवरण गरेका सुकदेव गुरुङ शहीदकै परिभाषाभित्र पर्छन् ।
गुरुङसँगै अन्य कति मारिए हालसम्म संख्या यकिन हुन सकेको छैन । त्यस काण्डमा गुरुङलाई बाँधेर लगियो । त्यसपछि उनी सदाकालागि बेपत्ता भए । गुरुङलाई जिउँदै खाल्डामा पुरियो भन्ने हल्ला चलियो । केहीले गोली हानेर मारियो त कतिले खाल्डोमा हालेर गोली हाने, भने । तर उनीलगायत अन्य कसैको पनि शव पाइएन ।
२०२० माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रूखमा दुई पल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरे ।
गोली लागि रामप्रसाद भट्ट र ४ कक्षामा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल घाइते भए । उपचारपछि भट्ट बाँचे भने उपचार गर्न लैजाने क्रममा साविक ताप्ले गाविस छापथोकमा पुर्याउदा दिलबहादुरको मृत्यु भयो ।
जनयुद्धको बेला २०५९ श्रावण १८ राती तत्कालीन राज्य पक्षबाट घर घेरा हाली गोलि हानी विभत्स तरिकाले हत्या गरिएको, गणतन्त्र ,संघीयता, समावेशी लगायत थुप्रै जनधिकार प्राप्तिको अभियानको क्रममा शाहादात गर्ने वीर शहीदहरु I
शहीदहरुका त्याग र वलिदानको उच्च सम्मान सहित भावपूर्ण श्रद्धा सुमन I
महान शहीदहरुका अभिलेखीकरण गर्न सहयोग गर्नु होस् I
वीर शहीदहरु अमर रहुन् !